२०८१ बैशाख १२ , बुधवार

कामना सेवा र मनकामना अस्पताल, भरतपुर बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । कामना सेवाविकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवाविकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले भरतपुरको चितवन स्थितमन कामना अस्पतालले प्रदान गर्ने ओ.पि.डि. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टि. शुल्क, सि.टि. स्क्यान, आई.सि.यु., लगायतएन.आई.सि.यु., एच.डि.यु.÷नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्तगर्न सक्नुहुनेछ । अस्पतालले प्रदान गर्ने सो सेवा सुविधाहरुमा बैंकका कर्मचारीहरुले २०% सम्मको र बैंकका ग्राहक महानुभावहरुले १५% सम्मको आकर्षक छुट प्राप्तगर्न सक्नुहुनेछ ।

 

बैंकसँग आबद्धताको प्रमाणको आधारमा योसुविधा सहजै प्राप्तगर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।