२०८१ बैशाख ८ , शनिवार

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले बैशाख २७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने

सुनाखरी न्युज/ काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी वैशाख २७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।

 

गत चैत ५ गते मर्जरका लागि अन्तिम सम्झौता गरेका यी कम्पनीहरूले गत माघ २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए । एकिकृत कारोबारका लागि नियामक निकायहरूबाट पनि अन्तिम स्वीकृति प्राप्त भैसकेको जानकारी समेत कम्पनीहरूले दिएका छन् । नेपाल धितोपत्र बोर्डबाट वैशाख ३ गते र नेपाल बीमा प्राधिकरणबाट चैत २६ गते मर्जरका लागि कम्पनीहरूले अन्तिम स्वीकृति प्राप्त गरेका हुन । यी दुई कम्पनी समान हैसियतमा एक हुन लागेका हुन ।

 

नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित आइएमई जनरल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७० करोड १६ लाख ५१ हजार रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापूँजी भने हाल रू. १ अर्ब १८ करोड ६१ लाख ४४ हजार रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्सले हाल कायम चुक्तापूँजीको आधारमा ३ दशमलव ३२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको छ । बोनस पछि प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब २२ करोड ५५ लाख ८३ हजार पुग्नेछ ।