२०८१ बैशाख ७ , शुक्रवार

गोकार्टले दियो रेड मी मोवाइल फोन ८० रुपैयाँमा

सुनाखरी न्युज/ काठमाडौं ।

अनलाइन ब्यापारको क्षेत्रमा गोकार्ट आफैंमा एउटा चर्चित नाम हो । जसले ग्राहकहरुको मन जित्दै नयाँ नयाँ किसिमका स्किमहरु ल्याउने गरेको छ । नयाँ र विश्वसनिय समाग्रिहरुको डेलिभरी सेवामा समर्पित यो कम्पनिले पछिल्लो समय एउटा यस्तो स्किम ल्यायो जसले उपभोक्तालाई भरपुर खुशी मात्र दिएन अनलाइन ब्यापारका प्रतिष्पर्धीहरुलाई नै झस्काइदियो ।

 

रेड मीको ५० एमपी एआई मोवाइल फोन गोकार्टले ८० रुपैयाँमा नै दियो भन्ने सुन्दा जो कोहीलाई अच्चम्म लाग्न सक्छ । हो, आफ्ना अनलाइन ग्राहकहरुलाई ल्याएको एउटा स्किममा गोकार्टले उक्त मावाइल फोन एक ग्राहकलाई ८० रुपैयाँमा नै उपलब्ध गराएको हो । यो उपहार प्रदिप कुमार खड्काले प्राप्त गरेका हुन् । एसकालागि गोकार्टले एउटा स्किम ल्याएको थियो ।

 

सोही स्मिक अनुसार तोकिएको प्रकृया पुरागरेका ग्राहकले सो मोवाइल् फोन पाएका हुन् । गत चैन ३० सम्म जागु रहेको यो स्मिममा सहभागी हुन ग्राहकले गोकार्टको फेसवुक र इन्स्ट्राग्राम पेज फलो, लाइक र शेयर गर्नुपर्ने तथा कम्तिमा पनि ५ जना साथीलाई कमेन्ट सहित ट्याग गर्नुपर्ने लगायतका सर्त त्यसमा थिए ।