२०८० चैत्र १५ , बिहिवार

चर्चित गायिका अस्मिताले गरिन् विवाह

सुनाखरी न्युज/ काठमाडौं। पछिल्लो समयकी चर्चित दोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक शक्तिकुमार गोदार वैवाहिक जीवनमा बाँधिएका छन् ।

 

उनीहरुले बुधवार बेनिघाटको रोराङ गाउँपालिकामा हिन्दू परम्परा अनुसार लगनगाँठो कसेका हुन् । दुबैले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । विवाहमा दुवैतर्फका आफन्त, साथीभाइको सहभागिता रहेको थियो ।

 

एक समय दुवै चितवनको दोहोरी साँझमा सँगै काम गर्थे । सोही सिलसिलामा उनीहरूको प्रेम बसेको थियो । अस्मिता रियालिटी सो ‘दोहोरी च्याम्पियन’ की विजेता पनि हुन् । शक्ति अझै चितवनमा दोहोरी साँझमा काम गर्ने गर्दछन् ।