२०८० चैत्र १६ , शुक्रवार

बैशाख २४ बाट बजेट अधिवेशन सुरु हुने

सुनाखरी न्युज/ काठमाडौं। बैशाख २४ गतेबाट संसदको बजेट अधिवेशन सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) बैशाख २४ गते अपरान्ह ४ बजेका लागि बोलाएका छन् ।

 

बुधबारको मन्त्रिपरिषद् बैठकले बजेट अधिवशेन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । यो अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश हुनेछ । जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक हुनेछ ।

 

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बको बजेट सिलिङ तोकेको छ ।