२०८१ बैशाख ७ , शुक्रवार

विश्व बक्सिङ्ग च्याम्पियनसिपमा भुपेन्द्र थापा जर्मनीका डेबरमसँग पराजित

सुनाखरी न्युज/ काठमाडौं  – नेपाली बक्सर भुपेन्द्र थापा आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा जर्मनीका गोक्डुमन डेबरमसँग पराजित भएका छन ।

 

उज्वेकिस्तानको राजधानी तास्कान शहरमा नेपाली मुक्केवाज थापा ६० ९६३।५० किलो तौल समुहमा जर्मनीका मुक्बेबाज जर्मनीका गोक्दुमान देवरामसँग ४–१ स्प्लिट अंकको आधारमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवालेले जानकारी दिए ।

 

भुपेन्द्र १३औँ दक्षिण एसियाली खेलकुद  सागको स्वर्णपदक विजेता हुन् । प्रतियोगितामा अब नेपालका रवीन थापाले ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । रवीनले उज्वेकिस्तानी बक्सरसँग बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।