२०८० चैत्र १५ , बिहिवार

रियाशा र भिक्टरले कसे लगनगाँठो

सुनाखरी न्युज/ काठमाडौं। कलाकार रियाशा दाहालले विवाह गरेकी छन्। उनले ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलसँग विवाह गरेकी हुन्।

 

उनीहरूको विवाह समारोह भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टमा चलिरहेको छ। रियाशा र भिक्टर ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ तर उनीहरूले आफ्नो प्रेम सम्बन्धबारे बताएका थिएनन्। रियाशा युट्युबमा प्रसारण हुने सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन्।

 

उनी पछिल्लो समय टेलिसिरियल ‘गाह्रो छ हो’ मा काम गरिरहेकी छन्। यस टेलिसिरियलमा रियाशा धनी बाबुकी छुच्ची छोरीको भूमिकामा देखिरहेकी छन्। रियाशाले थुप्रै म्युजिक भिडिओमा पनि काम गरेकी छन्।