२०८१ बैशाख १४ , शुक्रवार

स्मार्टफोन ब्रान्ड सामसङको ग्यालेक्सी एम १४ सार्वजनिक

 

सुनाखरी न्युज/ स्मार्टफोन ब्रान्ड सामसङले नेपाली बजारमा फाइभजी स्मार्टफोन ग्यालेक्सी एम १४ सार्वजनिक गरेको छ । ‍ग्यालेक्सी एम १४ ५ जीमा र्‍याम प्लस समेत सुविधा छ, जसकारण १२ जीबीसम्म र्‍यामको क्षमता बढाउन सकिन्छ । यसमा ६।६ इन्चको एचडि प्लस, ९० हर्ज डिस्प्ले उपलब्ध छ । ठूलो स्क्रिनले उपभोक्ताहरुका लागि सामाजिक सञ्जाल फिड मार्फत् स्क्रोल गर्न सजिलो बनाउने र बिन्ज दर्शकहरुले सहजताका साथ मनोरञ्जनको मज्जा लिन सक्नेछन् ।

 

डेटा गोपनीयतका लागि फोनमा सुरक्षित फोल्डर सुविधा समेत उपलब्ध छ । यस बाहेक यसमा भ्वाइस फोकस र सामसङ वालेट पनि उपलब्ध छ । यसैगरी यो मोबाइल एण्ड्रोइड १३ मा आधारित वान युआइ ५।१ कोर जडित छ । सामसङले ग्यालेक्सी एम १४ फाइभजीमा २ एन्ड्रोइड ओएस अपडेट ४ वर्षसम्म सुरक्षा अपेडट प्रदान गर्ने जनाएको छ ।

५० मेगापिक्सेलको ३ वटा क्यामरा, ६००० एमएएच ब्याट्री र ५ एनएम प्रोसेसरलगायतका विशेषतासहित उक्त फोन सार्वजनिक भएको हो ।ग्यालेक्सी एम १४ फाइभजीमा ५० मेगापिक्सेलका ३ वटा क्यामेरा रहेका छन् । एफ १।८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्न सक्षम बनाउने बताइएको छ ।

 

यस्तै, यसमा सेल्फि खिच्नका लागि १३ मेगापिक्सेल फ्रन्ट क्यामेरा राखिएको छ । यसैले कुनै पनि बेला ग्यालेक्सी एम १४ ५ जिको अद्भुत क्यामराले तपाईंलाई शानदार फोटोहरु दिलाउनेछ । फोनमा ६००० एमएएच ब्याट्री रहेको छ, जुन बिना चार्ज २ दिनसम्म लगातार चल्न सक्ने कम्पनीको दावी छ ।स्मार्टफोनले २५ वाटको तीव्र चार्जिङ्गलाई पनि सपोर्ट गर्छ । ग्यालेक्सी एम १४ फाइभजी आइसाइ सिल्भर, बेरी ब्लू र स्मोकी टेल गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ । यसको मूल्य २४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।पर्फरमेन्स मोन्स्टर नारासहित सार्वजनिक भएको ग्यालेक्सी एम १४ ५ जीमा एनएम एक्जिनस १३३० प्रोसेसर जडान गरिएको छ । उत्कृष्ट गेमिङ्ग अनुभवका लागि यो फोन सहज हुने कम्पनीको भनाइ छ ।