२०८० चैत्र १६ , शुक्रवार

प्रेस स्वतन्त्रता र व्यवसायीक नैतिकताको मुद्दा विषयक छलफल कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ गोरखा ।
विश्व प्रेश स्वतन्त्रता दिवशको अवसरमा मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखा द्वारा आज गोरखामा प्रेस स्वतन्त्रता र व्यवसायीक नैतिकताको मुद्दा विषयक छलफल कार्यक्रम सम्पन्न भयो ।

मानव अधिकार तथा शान्ति समाज गोरखा शाखाका सभापति गोमा दुवाडीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समाजका क्न्द्रिय सचिव सिताराम तिवारीले समाजको अवधारणा प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा समाजका पूर्व सभापति यदु अधिकारी, शान्ति समाजका सदस्य जनुका अधिकारी,शरद बाबू श्रेष्ठ, काशिनाथ अंगाई, पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडी, पत्रकार नरेन्द्र ढकाल, शिव उप्रेती, हरिराम उप्रेती लगायतका बक्ताहरुले प्रेस स्वतन्त्रता र व्यवसायीक नैतिकताको सवालमा आ आफ्नो धारणा राख्नु भएको थियो ।