२०८१ बैशाख १४ , शुक्रवार

बलिउड अभिनेत्री परिणिति नेतासँग इन्गेजमेन्ट गर्दै

सुनाखरी न्युज/ काठमाडौं। बलिउड अभिनेत्री परिणिति चोपडा केही महिनायता आमआदमी पार्टीका सांसद राघव चड्ढासँगको प्रेम सम्बन्धको हल्लाका कारण चर्चामा छिन्।

 

भारतीय सञ्चार माध्यमले उनीहरुको नाम जोड्दै विभिन्न गसिप लेखे पनि उनीहरु दुवैले यसबारे मुख भने खोलेका छैनन्। तर, भारतीय सञ्चार माध्यमका अनुसार परिणिती र राघवले यही मे महिनाको आधाआधीमा इन्गेजमेन्ट गर्ने भएका छन्। टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार उनीहरुले मे १३ मा इगेजमन्ट गर्न लागेका हुन्। गत महिना मुम्बईमा परिणिती र राघव लञ्च डेटमा सँगै निस्किएपछि सञ्चार माध्यमले उनीहरुको प्रेम सम्बन्धबारे अनुमान लगाएका थिए।

 

तर, हालै आम आदमी पार्टीका अर्का सांसद संजीव अरोडाले परिणिती तथा राघवको तस्विर पोस्ट गर्दै दुवैको सम्बन्धको लागि शुभकामना दिएपछि भने उनीहरुको प्रेम सम्बन्धको अफवाह साँचो हुनेमा बल पुगेको हो। योसँगै परिणितीका फ्यानहरुले उनीहरुलाई बधाई दिइरहेका छन्। लन्डनमा पढ्ने क्रममा साथी बनेका परिणिती तथा राघव एक अर्काको मिल्ने साथीसमेत हुन्। ३४ वर्षीया परिणितीको नाम यसभन्दा अघि निर्देशक मनीष शर्माका साथ पनि जोडिएको थियो। फिल्म लेडिज भर्सेस रिकी बलमा सँगै काम गरेका उनीहरु फिल्मको दौरान नजिकिए पनि उनीहरु करिब एक वर्षअघि अलगिएका थिए।