२०८१ बैशाख २४ , सोमवार

सुनको भाउमा भारी वृद्धि

सुनाखरी न्युज/ काठमाडौं। आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा एकैपटक १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको छ ।

 

तेजावी सुनको भाउ पनि आज तोलामा १ हजार ७५० रुपैयाँले बढेर तोलाको १ लाख १० हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ८ सय २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ३ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ ।