सुनाखरी न्युज/ काठमाडौं। फेवा बचत तथा ऋण सहकारी सस्थाको भद्रकाली सेवा केन्द्र दोस्रो बर्षमा प्रवेश गरेको अबसरमा शुभ कामना आदान प्रदान कार्यक्रमका साथ सहकारी सम्बन्धि हालको बित्तिय कारोबार सम्बन्धि प्रशिक्षण दिएको छ ।
फेवा सहकारीले आफ्नो सेवा केन्द्रको दोस्रो स्थापना दिवस कार्यक्रम सम्पन्न गर्न याङ्जाकोट तमू समाज परिवार यू के का अध्यक्ष एवं सस्थाका सेयर सदस्य बर्तमान गुरुङ्गको प्रमुख अतिथिमा पानसमा दिप प्रजलन गरि कार्यक्रमको उद्धाटन गरिएको उक्त कार्यक्रममा सस्थाका उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठ को जन्मदिन को अबसर पारेर केक काट्दै शुभारम्भ गरिएको उक्त कार्यक्रम मा प्रमुख अतिथि बर्तमान गुरुङ्गले हालमा सहकारीको अबस्था बारे प्रस्ट पार्नुहुँदै हाम्रो सहकारी राम्रो सहकारीमा फेवा हसकारी रहेको बताउनुहुदै प्रधान कार्यालय का साथ सेवा केन्द्रले आफ्ना सेयर सदस्यसँग कसरी हातेमालो गर्न सकिन्छ भनि सहकारी शिक्षा कार्यक्रम मार्फत फेवा सहकारीको हालको अबस्था प्रस्ट बुझ्ने मौका पाएकोमा फेवाको हरेक काममा साथ रहने बचन दिनुहुदै शुभकामना दिनुभयो ।
भद्रकाली सेवा केन्द्र अनतर्गत रहेको आफ्ना सेयर सदस्यहरू लक्षित गरि करिब २ सय ५० जनाको उपस्थितमा संचालित कार्यक्रममा सु.मे. नौ बहादुर गुरुङ्ग लाई भद्रकाली सेवा केन्द्रका ब्यबस्थापन उप समितिको सदस्यमा मनोनीत गरि स्वागत गरिएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखराका शाखा प्रमुख एवं प्रमुख प्रशिक्षक नरेश पाण्डेले बुझ्ने सैलीमा सहकारीको मेरुदण्ड भनेकै मासीक बचत हो भन्नु हुदै अहिले बचत कारोबार गर्ने सहकारीको अबस्थामा अरू कास्कीका सहकारी मध्ये राम्रामा गनिने मध्ये फेवा सहकारी भएको ले आज कुनै कुनै सहकारीमा सदस्य जादा संचालक नभेटिन र अन्य समस्या रहेको मा फेवामा त्यस्तो नभै सदस्यहरू लाई बोलाई बोलाई फेवाको हालको अबस्था बारे आफ्ना सेयर सदस्य जानकारी गराउने कार्य गरेकोमा समेत फेवामा अन्य सहकारीको जस्तो अबस्था नरहेको सहकारी बैक पोखरा शाखाका प्रमुख ले बताउनु हुदै फेवाको मासिक बचत २० बर्षे किन नबनाउने फेवा लाई अरू भन्दा फरक र राम्रो बनाउन हामि किन औनलाग्ने जस्ता बिषयमा प्रशिक्षण दिनुभयो ।
कार्यक्रमलाई रोचक बनाउन सेयर सदस्य नन्द माया पौडेलले कविता बाचन गर्दै “चारैतिर बैक अनि धेरै सहकारी आर्थिक कारोबार राम्रो गर्ने हाम्रो सहकारी एक अर्ब बत्तीस करोडको मालीक हो नी फेवा गाउ गाउ घर घर पुगी सेवा दिन्छ हाम्रो फेवा“ सहकारी भनी कविता बाचन गर्नु भएको थियो। उक्त सेवा केन्द्रको दोस्रो स्थापना दिवस कार्यक्रममा फेवा बचत तथा ऋण सहकारीका अध्यक्ष क्या.चन्द्र प्रसाद गुरुङ्ग, उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठ, सचिब दिल बहादुर भट्टराई, सहकारीका पुर्व अध्यक्ष नारायण प्रसाद भट्टराई,प्रबन्धक जगन तिमल्सिना र याङ्जाकोट तमु समाज कास्कीका अध्यक्ष सु. चन्द्र बहादुर गुरुङ्ग लगायतका ब्यक्तिहरूले आ आफ्नो बिचार राख्नुहुदै फेवाले हालको बित्तिया कारोबारमा अन्य सहकारी मा झै समस्या नरहेको जानकारी गराउदै सबै शेयर सदस्य एवं बित्तिय कारोबार गर्न ढुक्क हुन अनुरोध गरिएको उक्त कार्यक्रम मा भद्रकाली सेवा केन्द्रका प्रमुख हिरा माया गुरुङ्गले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै ३ करोड बाट सुरू गरिएको सेवा केन्द्रमा हाल १५ करोड को कारोबार भएको जानकारी गर्नुभएको कार्यक्रममा फेवा सहकारीका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेल ले १ अर्ब ३२ करोड बराबरको कारोबार भै रहेको सबै कोषहरू मजबुत रहेको बताउनु भयो।
फेवा सहकारी ऋण असुली उप समितिका सदस्य तिलु गुरूङ्गले स्वागत गर्नु भएको कार्यक्रममा फेवा सहकारी भद्रकाली सेवा केन्द्रका संयोजक क्या. श्याम बहादुर गुरुङ्ग को अध्यक्षता मा सम्पन्न सभाको सेवा केन्द्र का सदस्य श्याम गुरुङ्गले संचालन गरेका थिए ।