२०८१ बैशाख ८ , शनिवार

बहुप्रतिक्षित भी२७ सिरिज सार्वजनिक गर्दै भिभोः उत्कृष्ट क्यामेरा र आधुनिक डिजाइन

सुनाखरी न्युज/ काठमाडौं। विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नवीनतम भी२७ सिरिजका स्मार्टफोनहरू – भी२७ र भी२७ई छिटै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भी सिरिजअन्तर्गत, यो नयाँ भी२७ सिरिजले आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र स्मार्टफोनको अनुभव वृद्धिका गर्ने विशेष अपग्रेडहरु ल्याउनेछ । बहुप्रतिक्षित भी२७ सिरिज चाँडै नै नेपाली प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

भी२७ सिरिजका स्मार्टफोनहरूले मोबाइल फोटोग्राफीको संसारमा गेम–परिवर्तकको रूपमा काम गर्नेछ । साथै, अद्वितीय विशेषताहरू तथा उत्कृष्ट क्यामेराले प्रतिस्पर्धीहरूबाट यसलाई आकर्षक बनाउँछ । औरा लाइट पोर्ट«ेट प्रणाली एक आकर्षक विशेषता हो जसले पोर्ट«ेटहरूमा एक्सपोजरलाई बढाउँछ र प्रयोगकर्ताहरूलाई कम प्रकाशको अवस्थामा पनि अद्भुत शटहरू खिच्न सक्षम बनाउँछ । यी विशेषताहरुले प्रयोगकर्ताहरूलाई कुनै पनि वातावरणमा रचनात्मक रूपमा विस्तृत विषयहरू सहित आकर्षक पोर्ट«ेट खिच्न सक्षम बनाउँछ ।

 

भी२७ लाई उच्चस्तरीय १२० हर्जको कर्भ स्क्रिन र पातलो बेजेलहरूले अझ आकर्षक बनाएको छ । यसको कर्भ स्क्रिनले नयाँ मानक प्रस्तुत गर्छ, र ठूलो डिस्प्ले ले स्ट्रिमिङ वा ब्राउजिङका लागि उपयुक्त बनाउँछ । भी२७ई मा २.५डी स्क्रिनको साथमा १२० हर्ज एमोलेड डिस्प्ले यस उपकरणको सोभा बढाएको छ । यसको एमोलेड डिस्प्लेले जीवन्त र वास्तविक रङहरूको लागि परिवेश अनुसारको प्रकाशमा समायोजन गर्दछ र प्रयोगकर्ताहरूलाई इमर्सिभ र आकर्षक दृश्य अनुभव प्रदान गर्दछ ।

 

समग्रमा, भी२७ फाइभजीको औरा लाइट पोर्ट«ेट प्रणाली तथा भी२७ई को १२० हर्जको कर्भ स्क्रिन र एमोलेड डिस्प्ले विशेषताहरुले स्मार्टफोन फोटोग्राफी र डिजाइनको लागि नयाँ मानक कायम गर्नेछ । भी२७ सिरिजका साथ, प्रयोगकर्ताहरूले कार्यात्मक र व्यावहारिक मात्र नभएर दृश्यात्मक रुपमा पनि आकर्षक र उत्कृष्ट उपकरणको अपेक्षा गर्न सक्छन् । भी२७ फाइभजी र भी२७ई आधिकारिक रूपमा चाँडै नेपाली बजारमा उपलब्ध हुनेछ । थप जानकारीको लागि भिभोको सामाजिक सञ्जाल र वेबसाइटमा हेर्दै गर्नुहोस् ।