२०८१ बैशाख १२ , बुधवार

यौन प्यास मेटाउन नेपाली युवायुवतीका लागि ‘सेक्स टोय’को बढ्दो प्रयोग !

सुनाखरी न्युज/ काठमाडौं ।
नाम सुन्दा अनि देख्दा नेपाली समाजमा सजिलै खुल्न नसकिने विषय हो सेक्सटोय । युरोपीयन र विकसित देशहरुमा निकै फराकिलो व्यापार रहेको सेक्सटोयको दायरा पछिल्लो समय विस्तारै नेपाली समाजमा पनि बढेको देखिएको छ । नेपालमा पनि सेक्सटोय प्रयोग गर्नेको संख्या बढ्दै गएको पाइन्छ ।

सामान्य रुपमा सेक्सका विषयमा खुल्न नसक्ने नेपाली समाज र संस्कृतिभित्र सेक्सटोय बजारमा मानिसहरुको आकर्षण बढिरहेको देख्न सकिन्छ । नेपालका संभ्रान्त बर्गमा यौन सन्तुष्टिका लागि सुरक्षित तथा भरपर्दो माध्यमको रुपमा सेक्स टोय प्रयोग हुने क्रम बढिरहेको छ । राजधानीभित्र केहि बर्षअघि खुलेका सेक्स टोय पसलमा देखिएको भीड तथा जनचासोले नेपालीहरु पनि सेक्स टोय प्रति आकर्षित बन्न थालेको देखाउँछ । सेक्सटोय बजारको रिपोर्टिङका क्रममा हामीले सेक्सटोयसपमा यसरी ग्राहकहरु खुलेरै आफुलाई आवश्यक अनुसारका सेक्सटोयको किनमेल गरेको देख्यौँ । जसबाट पनि प्रष्ट हुन्छ अहिले नेपालमा सेक्सटोयको बजार फस्टाउँदै गइरहेको छ ।

के हो सेक्सटोय ?

सेक्सटोय कृत्रिम यौनाङ्ग हो । अर्थात् यौन खेलौना हो । यो महिला र पुरुषको यौनआनन्द प्राप्तिका लागि प्रयोग गरिने कृत्रिम साधन हो । जसको स्वरुप महिला तथा पुरुषको प्राकृतिक बनावट जस्तै हुन्छ । यो एकदमै उच्च स्तरको सिलिकनबाट निर्मित हुन्छ । सिलिकनबाट बनेको हुनाले यसलाई छुदा वा प्रयोग गर्दा प्राकृतिक झै अनुभव हुन्छ । यसको प्रयोगबाट सजिलै यौनान्द प्राप्त हुन्छ । यसमा प्रयोग गरिने भाइब्रेटरले अझ बढी उत्तेजना बढाइ चरमसुखानुभूति गर्न सहयोग पु¥याउँछ ।

अहिले बजारमा ब्यक्तिको चाहना र अनुभवका लागि फरकफरक आकार, प्रकारमा सेक्सटोयहरु पाइन्छ । स्वचालित पेनिसदेखि स्तन, भेजाइना मसाजर लगायतका यौन सामग्री नेपाली बजारमा उपलब्ध छ । त्यतिमात्र होइन, पुरुषका लागि महिला सेक्स डलपनि बजारमा उपलब्ध छन् । नेपाली बजारमा पुरुषले प्रयोग गर्ने टोयको मूल्य १५ सयदेखि ७५ हजार रुपैयाँसम्म पर्छ भने महिलाका लागि २ हजारदेखि २०, २५ हजारसम्म पर्छ ।

यौनका विषयमा कुण्ठित नेपाली समाजमा पछिल्लो समय सेक्सटोय प्रयोगकर्ताहरु उल्लेख्य रुपमै देखिएका छन् । सेक्स टोय खरिद गर्नेहरूमा हरेक उमेर समूहका छन् । अधिकांश सेक्स टोय खरिद गर्नेहरू २० देखि माथि उमेर समूहका बढि रहेको सेक्स टोय पसलका संचालकहरु बताउँछन् ।

पुरुषको तुलनामा सेक्स टोय खरिद गर्नेमा महिलाहरु नै बढी हुने गरेको सेक्स टोय पसलका संचालकहरुको भनाइ छ । विशेषत श्रीमान तथा श्रीमती विदेशिएका युवायुवतीहरुको यसतिर आकर्षण बढेको पसलका संचालकहरु बताउंछन् ।

कतिपय श्रीमानहरुले विदेश जानुअघि श्रीमतीको लागि भनेर सेक्स टोय उपहारस्वरुप दिएर जान्छन् । र प्रयोग गर्ने तरीका समेत सिकाएर जाने गरेको संचालकहरु बताउँछन् ।

नेपालमा नेता र चर्चित नायक नायिकाले पनि सेक्स टोय प्रयोग गर्ने गरेका छन् । कतिपय हिरोइनहरू पसलमै पुगेर खरिद गर्ने गरेका छन् भने कतिपयले घरमै मगाउँछन् । सेक्स टोय प्रयोग गर्नेमा नेता र सेनाप्रहरीका उच्च अधिकारी पनि रहेको संचालकहरुको भनाइ छ ।

सेक्सटोयलाई संचालकहरुले अनलाइन मार्फत पनि उपलब्ध गराउने गरेका छन्् । प्रयोगकर्ताहरुले लाज, र अप्ठ्यारोपनमा कारण अनलाइनबाट बढि मात्रामासेक्स टोयको माग गर्ने गरेका छन् । भाइवर, फेसबुक म्यासेन्जरमार्फत पेनिस, टाइटेनिङ जेललगायतका सामग्री मगाउने गर्दछन् ।

जसका कारण प्रायः सेक्स टोय पसलेले होम डेलिभरीको समेत ब्यबस्था गरेका छन् । यसरी प्रयोग गर्नेहरुको पहिचान भने गोप्य नै राखिन्छ ।
सेक्सको मामलामा अनुदार नेपाली संस्कृतिभित्र निकै सकसले सेक्स टोयको व्यबसाय थालेका संचालकहरु अहिले सोचेभन्दा फस्टाएको बताउछन् ।

सुरुमा ग्राहक नपाएका संचालकहरु अहिले दिनमा औसत २, ३ वटा सेक्स टोय बेच्छन् । सुरुसुरुमा ग्राहकहरू लजाउने गरेपनि अचेल अधिकांशले निसंकोच आफ्नो समस्या बताएर सेक्स टोय खरिद गर्ने गरेको संचालकहरु बताउँछन् । र अहिले नेपालमा साँच्चै सेक्सटोयको बजार बिकसित हुँदै गएको छ ।

कहाँबाट आउँछ सेक्स टोय ?

हाल राजधानीका केही कण्डम हाउसले होलसेलमा सेक्स टोय बिक्री गर्दै आएका छन् । राजधानीबाटै बाह्य शहरहरुमा सेक्स टोय जाने गरेको छ । तर नेपालमा चाहीँ चीन, थाइल्यान्ड, जापान, मलेसिया र कोरियाबाट सेक्स टोय ल्याउने गरिन्छ । र पछिल्लो समय चीनबाट बढि सेक्सटोय आयात हुने गरेको संचालकहरु बताउँछन् । र बार्षिक रुपमा नेपालमा औसतमा ३० लाख बराबरको सेक्सटोयहरु आयात हुने गरेको छ ।

 

करोडौं वाहिरिन्छ

०६५ सालमा काठमाडौंमा पहिलोपटक कन्डम हाउसको नाममा सेक्स टोय पसल खुलेको थियो । लगतै कान्तिपुर कण्डम हाउस, नाइस एण्ड नट्टी सेक्स टोय सेन्टर लगायत सेक्सटोयका पसलहरु विस्तारै राजधानीमा थपिँदै गए । हाल काठमाडौंमा मात्रै ५ ठाउँमा यस्ता पसल सञ्चालनमा छन् । यसको विस्तारै दायरा बढ्दै जाँदा अहिले राजधानी बाहिरका प्रमुख शहरहरुमा पनि सेक्सटोयको बजार विस्तार भइरहेको छ ।

अहिले पोखरा, चितवन, बनेपा, इटहरी र दमकमा गरी नौभन्दा बढी स्थानहरुमा सेक्स टोयका बजार स्थापना भएको छ । यसरी खोलिएका पसलहरुले सेक्स टोयको मात्र व्यापारचाहिँ गर्दैनन् । उनीहरूले यौन सम्पर्कका लागि अन्य अस्थायी साधनको सँगै व्यापार गर्ने गर्दछन् । कन्डम हाउसको मात्र काठमाडौंमा तीनवटा शाखा छन् । गोंगबु, चाबहिल र सुन्धारा । केही समयअघि काठमाडौंमा स्विट सेक्रेट नामक सेक्स टोयको व्यापार गरे पनि पछिल्लो समय उक्त पसल बन्द भइसकेको छ ।

राजधानीभित्रका यी पसलहरुले औसतमा दैनिक ८, ९ वटा सेक्स टोयको व्यापार गर्ने गरेका छन् । यो नेपालको सन्दर्भमा सन्तोषजनक नै हो तर व्यवसायी भने सेक्स टोयको उत्साहप्रद व्यापारचाहिँ नभएको बताउँछन् ।

 

फाइदा र चुनौती उत्तिकै

यौनका कारण कुण्ठित बनेर बस्नुपरेका नेपाली महिला तथा पुरुषले सेक्सटोयमार्फत यौन सन्तुष्टि लिन सक्छन् । यौनकर्मीकहाँ जानुभन्दा सेक्स टोयको प्रयोग गर्नु बढी स्वच्छ र सुरक्षित हुन्छ । समाजमा बलात्कार जस्ता घटनाको न्युनिकरणका लागि सेक्सटोय उत्तम हो भनिन्छ । यस अर्थम कि यसबाट न कसैमाथि जबरजस्ती हुन्छ, न एचआईभी, एड्सलगायतका कुनै यौनरोग सर्ने डर नै हुन्छ ।

यसका फाइदा संगै खास प्रयोगको अनभिज्ञताले पछिल्लो समय केही चुनौती पनि बढेको छ । यौनरोग बिशेषज्ञहरुका अनुसार सेक्स टोयले मानिसलाई यौनकुण्ठाबाट मुक्त राखे पनि कृत्रिम यौन व्यवहारको लतले संवेदनहीनता बढ्दै जाने हुनसक्छ । नेपाली प्रयोगकर्ताहरू यसको सही प्रयोग गर्न र आनन्द लिन नसकेर विभिन्न मानसिक र शारीरिक समस्यामा पर्ने गरेकोले यसतर्फ सचेत हुनु पनि उत्तिकै जरुरी छ ।

युरोपकै केही मुलुकहरुमा सेक्सटोयले फाइदा भन्दा समस्या निम्त्याएका कारण त्यो निषेध पनि गरिएको छ । अहिले भारत र अमेरिकाका केही राज्यमा सेक्स सप खोल्न र यौनजन्य सामग्री किनबेच गर्न बन्देज छ ।

यौनका बारेमा व्यक्तिपिच्छे फरकफरक बुझाइ हुन सक्छ, तर एउटा समान धारणा के हुन्छ भने सबै यसमा गोप्यता चाहन्छन् । यौन शरीरको यस्तो आवश्यकता र चाहना हो जसलाई मान्छेले सधैँ नियन्त्रणमा नराख्न पनि सक्छ ।

चाहेको वेला यौन चाहना पूर्ति नहुन पनि सक्छ । त्यस्तो अवस्थामा विकल्पका रूपमा सेक्य टोयहरू रोजाइमा पर्न थालेका छन् । नेपालमा पनि सेक्स टोयको माग बढ्दै छ । तर यसको नकारात्मक नभइ सकारात्क प्रयोग हुनुपर्ने तर्फ सबै सचेत र सर्तक हुन जरुरी छ ।

एजेन्सी