२०८० चैत्र १५ , बिहिवार

कम्बोडीया पठाइदिन्छु भन्दै सात लाख ठगी गर्ने राजु पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । कम्बोडीया पठाइदिन्छु भन्दै सात लाखरुपौयँ ठगी गर्ने राजु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन राप्ती नगरपालिका ९ लालपुर घर भई भक्तपुर जगाती बस्ने ३१ वर्षीय श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

 

श्रेष्ठले एक जना व्यक्तिलाई वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइ आरएफसि सेक्युरिटि गार्डमा १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ७ लाख रुपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।

 

उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।