२०८० जेठ २७ , शनिवार

कीर्तिपुर रंगशालाको सरसफाइ गरे दर्शकले

सुनाखरी न्युज/ काठमाडौं । एसिसी प्रिमियर कपको नेपाल र युएईबीचको फाइनल खेल हेर्न पुगेका दर्शकले रंगशालाको सरसफाइ गरेका छन्।

 

मंगलबार बिहान कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा नेपाल र युएईबीच फाइनल खेल भएको थियो। उक्त खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो। नेपालले एसिसी कप जितेसँगै एशिया कपमा छनौट भएको छ। त्यस कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ।

 

खेल सकिएसँगै केही दर्शकहरूले रंगशालाको दर्शक बस्ने ठाउँमा यत्रतत्र छरिएका फोहोर उठाएका हुन्। यसअघिका खेलमा दर्शक बस्ने ठाउँमा फोहोर भएको भन्दै आलोचना भएको थियो।