२०८१ बैशाख ६ , बिहिवार

क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको बधाई

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी प्रिमियर कप क्रिकेटको विजेता नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ।  राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै बधाई दिएको हो।

 

विज्ञप्तिमा एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टिमका खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिनुभएको हो। नेपाली खेलाडीले देखाएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको विज्ञप्तिमा प्रशंसासमेत गरिएको छ।क्रिकेट खेलाडीले नेपाल र नेपालीको नाम राख्ने विश्वास व्यक्त गर्दै आगामी प्रतियोगिताको लागि शुभकामना दिइएको छ।

 

विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाली क्रिकेट टोलीले विजय हासिल गरी एसिया कपमा छनौट भएकोमा म खेलाडीहरू, प्रशिक्षकहरू तथा सम्बन्धित पदाधिकारीलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।खेलको क्रममा नेपाली खेलाडीहरूले देखाउनुभएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु।भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उहाँहरूले नेपाल र नेपालीको नाम राख्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आगामी प्रतियोगिताहरूको लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु ।’’