२०८१ बैशाख १३ , बिहिवार

डा . इन्द्रजितका छोरा नीरज राईविरुद्ध पक्राउ पुर्जी जारी

 

सुनाखरी न्युज/ काठमाडौँ – भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा नीरज राई विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।   शरणार्थीको नाममा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले डा। ईन्द्रजित राईलाई मंगलबार नियन्त्रणमा लिएको छ । २०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका हुन् ।

 

आरोपी मध्येका सानु भण्डारीले नेपाली नागरिकलाई नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने बारे नेकपा ९एमाले०का सचिव टोप बहादुर रायमाझीलाई जानकारी भएको बयान दिएका छन् । पूर्व मन्त्री टोपबहादुर रायमाझी नातामा आफ्नो ‘मामा’ पर्ने भण्डारीले बताएका छन् । ५० वर्षीय भण्डारीले टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीको नाम पनि बयानमा खुलाएका छन् ।

 

एमाले सचिव रायमाझीसँग यसबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।