२०८१ बैशाख १३ , बिहिवार

नेपाली क्रिकेट टिमलाई रवि लामिछानेको बधाई

सुनाखरी न्युज/ काठमाडौं । । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछानेले नेपाली क्रिकेट टिमलाई एसिसी प्रिमियर कपको उपाधि जितेकोमा बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले खेलाडीहरुको आजको प्रदर्शनले नेपालको ईज्जत बढाएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्-

नेपाली क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई!! खेलाडिहरूको आजको प्रदर्शनले नेपालको इज्जत बढाएको छ । अबको जिम्मेवारी नेपाल सरकारको। हामीले एसीसी प्रिमियर कपको उपाधि जितेका छौं। एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र आइसिसीसँग आजैदेखि पहल थालियोस् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल होस् । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थल हुनसक्दछ ।