२०८१ बैशाख ११ , मंगलबार

भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले आफैँ व्यहोर्ने

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपचारका क्रममा भएको खर्च आफैँ व्यहोर्ने भएका छन् । भारतमा उपचारका क्रममा भएको खर्च राष्ट्रपति पौडेल स्वंमले व्यहोर्ने राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

 

उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले व्यहोर्ने चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सामान्य बिरामी हुँदासमेत सरकारी ढुकुटीको रकम खर्च गरेर उपचारका लागि भारत गएको भन्दै उनको चर्को आलोचना भएको थियो । हिजो मात्र नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफैँ बेहोर्न आग्रह गरेका थिए ।

 

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतको नयाँ दिल्लीस्थित एम्समा उपचार भएको थियो । उपचार गराएर राष्ट्रपति आइतबार राति स्वदेश फर्किएका थिए ।

May be an image of text