२०८१ बैशाख २४ , सोमवार

घट्यो सुन–चाँदीको भाउ

Gold

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै तोलाको १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।