सुनाखरी न्युज/ काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आज शपथ लिने भएका छन्।
वैशाख १० को उपनिर्वाचनबाट सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादव प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। मंगलबार दिउँसो १ बजे सिंहदरबारस्थित कानून समितिको सभाहलमा यादवको शपथग्रहण कार्यक्रम हुनेछ। सभामुख देवराज घिमिरेले यादवलाई सांसदको शपथ गराउने कार्यक्रम छ।
वैशाख १० मै भएको उपनिर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेता स्वर्णिम वाग्लेले भने यसअघि नै शपथ लिइसकेका छन्। लामिछाने चितवन २ र वाग्ले तनहुँ १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।