२०८१ बैशाख १२ , बुधवार

अन्तर्राष्ट्रिय श्रम दिवसमा अवसरमा गोरखा शाखा द्धारा कोण सभाको आयोजना

सुनाखरी न्युज/ काठमाडौं ।
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोराखा शाखाले अन्तर्राष्ट्रिय श्रम दिवसमा अवसरमा शोमबार कोण सभाको आयोजना गरेको छ । गोरखाको वसपार्कमा आयोजित सो कार्यक्रममा प्रदर्शन समेत गरिएको थियो ।

मावन अधिकार तथा शान्ति समाज गोरखाको सभापति गोमा दुवाडीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शान्ति समाज केन्द्रिय कार्य समितिका सचिव सिताराम तिवारीले शान्ति समाजको अवधारणा प्रश्तुत गर्नुभएको थियो ।

गोरखा शाखाका उपसभापति शरदवावु श्रेष्ठले सञ्चालन गर्नुभएको सो कार्यक्रममा शान्ति समाजका पुर्व केन्द्रिय कोषाध्यक्ष स्थानेश्वर दुवाडी, गोरखा शाखाका पुर्व अध्यक्ष यदु अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।