२०८१ बैशाख ७ , शुक्रवार

५० वर्ष नाघेकाहरुले पालना गर्नु पर्ने शारीरिक मर्यादा , सधैं सकारात्मक र रचनात्मक बनौं ।

किरण गिरी ।

मर्यादा एक :
तिर्खा नलागेपनि, पिउन मन नलागेपनि पानी सँधै पिउनुहोस्, सबैभन्दा ठूलो स्वास्थ्य समस्या शरीरमा पानीको कमीले हुने गर्छ, कमसेकम प्रति दिन २ लिटर नियमित पिउनुहोस् ।
मर्यादा दुइ :
आफ्नो शरीरलाई बढी भन्दा बढी काम लगाउनुहोस्- शरीरलाई हिंडडुल गराउनु, पौडी खेल्नु, करेसाबारी खन्नु, घाँस काट्नु, साइकल चलाउनु वा कुनै पनि खेल खेल्नुस् । शरीर बाट निरन्तर पसिना आओस ।
मर्यादा तीन :
खाना कम खानुस , अधिक खाने तृष्णा छोड्नुस्, यो कहिल्यै राम्रो हुँदैन। आफूले आफैलाई वञ्चित नगर्नुस्, तर खानाको मात्रा घटाउनुस्। प्रोटिन, कार्बोहाइड्रेट भएका खाद्य पदार्थ धेरै प्रयोग गर्नुस्।
मर्यादा चार :
अत्यावश्यक बाहेक सकेसम्म सवारी साधन प्रयोग नगर्नुस्,
साथीभाइ भेट्न जाँदा, किराना पसल जाँदा, मठमन्दिर जाँदा होस वा अफिस जाँदा सकभर पैदलै हिड्नुहोस ।
मर्यादा पाँच :
क्रोध त्याग्नुस्, चिन्ता त्याग्नुस्, चिजहरुलाई बेवास्ता गर्ने प्रयास गर्नुस्, विरोधको अवस्थामा आफूलाई समावेश नगर्नुस्, तिनीहरु सबैले स्वास्थ्यलाई न्यूनीकरण गर्छन् र आत्माको वैभव खोसिदिन्छन्। सकारात्मक व्यक्तिसँग कुरा गर्नुस् र उनीहरू को कुरा सुन्नुस
मर्यादा छ :
सबैभन्दा अगाडि पैसाको मोह त्याग्नुस्, आफू वरिपरिका मानिससँग मेलजोल गर्नुस्, बोल्नुस्, हाँस्नुस्।
पैसा ज्यूनको लागि बनाएको हो, पैसै जिन्दगी होईन ।
मर्यादा सात :
आफूले आफैलाई कुनै प्रकारको दु:खी र कमजोर नमान्नुस , तपाई इश्वरको सबभन्दा महान र शक्तिशाली उपहार हुनुहुन्छ ।
न कुनै यस्तो चिज जुन तपाईंले प्राप्त गर्न सक्नुभएन,
न यस्तो कुनै चिज जुन तपाईंले आफ्नै लागि गर्न सक्नुभयो।
यसलाई बेवास्ता गर्नुस र बिर्सनुस
मर्यादा आठ :
पैसा, पद, प्रतिष्ठा, शक्ति, सौन्दर्य प्रभाव .. यी सबै अहंकारले भरिने कुरा हुन्, नम्रता त्यो हो जसले मानिसलाई प्रेमको साथ आफू नजिक ल्याउँछ।
मर्यादा नौ :
तपाईंको कपाल फुल्दैमा जीवन समाप्त हुनु होइन। यो राम्रो जीवनको सुरुवात हो। आशावादी बनौं, स्मृतिमा बाँचौं, घुमौं, रमाऔं। जिन्दगी सम्झनलायक बनाउनुहोस्।
मर्यादा दस :
आफू भन्दा सानासँग प्रेम, सहानुभूति र आफ्नोपनले भेट्नुस्, कुनै व्यङ्ग्यात्मक कुरा नगर्नुस्। आफ्नो अनुहारमा मुस्कान कायम राख्नुस्। विगतमा तपाईं जति नै ठूलो पदमा भए पनि अहिले त्यो बिर्सेर सबैसँग मिलेर बस्नुस्।
“स्वस्थ- शरीर, मन, र जीवन भन्दा ठूलो सम्पत्ति र शक्ति केही होइन र छैन।
मर्यादा एघार : तपाईं मैले फेर्ने हरेक श्वास श्वासप्रश्वास नै परमात्माको उपहार हो । तपाईं मेरो बहसमा छैन । त्यस पछि तपाई मैले जिबनमा प्राप्त गर्ने र गुमाउने हरेक बस्तु पद , पैसा , प्रतिष्ठा इज्जत र अपमान सबै परमात्मा कै खेल हो । त्यसैले कुनै पनि बस्तु र परिस्थिति पाउनु र गुमाउनु तपाईं मेरो हातमा छैन । त्यसैले हरेक परिस्थितिमा सकारात्मक र रचनात्मक बनौं ।
ॐ तत सत ।
लेखक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।