अशोक त्रीपाटी/काठमाडौं। बागमती प्रदेश सरकारका आर्थिक बिकास तथा योजना मन्त्री माननिय बाहादुरसिहं लामाको प्रमुख आथित्य मा आज नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका १० को ऐतिहाँसिक गढीमा रहेको निरञ्जना माध्यमिक विद्यालयको ६३ औँ बार्षिकोत्सब तथा अभिभाबक दिबस सम्पन्न गरियो ।
लामो इतिहास बोकेको निरञ्जना स्कुल आज को यो स्थान सम्म ल्याउन बेल्कोट गाबिसका अग्रज हरुको महत्त्वपूर्ण योगदान रहेको छ , देउसी भैलो खेलेर संकलित रकमले यो स्कुललाई यहाँसम्म ल्याएको छ तर दुःख को कुरा ति सङ्घर्ष को इतिहासलाई आज सहरका बोर्डिङ स्कुल , त्यहाँ पढाउन गर्ब गर्ने अभिभावक , चिटिक्क परेर बस चढेर बोर्डिङ जाने विद्यार्थी र यो अवस्था सिर्जना गर्ने ब्यबस्थापन र केही हदसम्म राजनीतिले धुर्मैलो बनाएको छ ।

समारोह मा नगर प्रमुख ,उपप्रमुख, प्रदेश योजना आयोगकाका सदस्य ,वडा अध्यक्षहरु , पुर्ब जनप्रतिनिधिहरु , अभिभाबकहरु ,शिक्षक शिक्षिकाहरु , बिधार्थि भाइ बहिनी र सरोकारवाला माहानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो । सो समारोहलाई सम्बोधन गर्दै प्रदेश सांसद तथा नेपाली काङ्रेस का केन्द्रीय सदस्य समेत रहनु भएका प्रदेश का मन्त्री ज्यु लामा ले विद्यालयलाई हर तबर को सहयोग रहने कुरा ले बिस्वस्त पार्नु भयो । थप बोल्दै उहाँले बिकास का कुरालाई भोट सँग दाँज्न नहुने जिकिर गर्नुभयो , भोट दिए यसो गर्दिन्छु भोट दिनुस उसो गर्दिन्छु भन्न नहुने कुरा बताउनुभयो । बाकी कुरा भिडियो बाट ।
भिडियो लिङ्क https://fb.watch/kebxP-WwHI/