२०८३ जेठ ८ , शुक्रवार

प्रतिनिधि तथा राष्ट्रिय सभा सचिवमा पाण्डे र अर्याल सिफारिस

सुनाखरी न्युज/ काठमाडौं। प्रतिनिधि तथा राष्ट्रिय सभा सचिवमा दुई जनाकाे नाम सिफारिस भएकाे छ ।

 

प्रतिनिधिसभा सचिवमा पदम पाण्डे र राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्यालको नाम सिफारिस भएको संसद् सचिवालयले जनाएकाे छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कार्यबाहक राष्ट्रपति रामसहाय यादवलाई उहाँहरुकाे नाम सिफारिस गर्नु भएकाे हाे ।

 

प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालको पाँचवर्षे कार्यकाल शुक्रबार सकिएपछि सभामुख र अध्यक्षले सचिवकाे नाम सिफारिस गर्नुभएकाे हाे ।