२०८१ जेठ ७ , सोमवार

शेयर बजारमा गिरावट जारी

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १९.११ अंकले घटेर एक हजार ८ सय ७० दशमलब ६५ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज ९५ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ८४ करोडको कारोबार भएको थियो । आज कारोबार भएका २६ कम्पनीको शेयरमूल्य बढेको छ भने १८९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र ८.५प्रतिशत प्रभु बैंक डिभेञ्चरको सबैभन्दा बढी शेयरमूल्य बढेको छ । यी दुईको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले बढेको छ ।

 

नेप्सेका अनुसार एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८.८९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज चार करोड २५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।