२०८१ बैशाख १४ , शुक्रवार

माध्यमिक तह जील्ला स्तरिय चित्रकला प्रतियोगिताको प्रचार प्रसारका लागि विद्यालय देखि विद्यालय सम्म साइकल यात्रा

सुनाखरी न्युज/ काठमाडौं । वैशाख २२ गते २५६७ औं बुद्ध जयन्तीको अवसरमा सिता एण्ड सन्सको आयोजनामा हुन गइ रहेको अन्तर माध्यमिक कास्की जिल्ला स्तरिय चित्रकला प्रतियोगिताको प्रचार प्रसार एवम् सफलता शुभकामना स्कुल बाट स्कुल सम्म साइकल यात्रा सम्पन्न भएको छ ।

८ वर्षिय बालिका आरोही बरालले साइकल चलाएर साइकल यात्रा उद्घाटन गरिन । पोखरा ७ मासबार स्थित श्री कृष्ण मा.वि देखि सुरु भएको साइकल यात्रा छोरेपाटन , वयली , दोपहरे, क्रिस्ती , शिवालय , निर्मलपोखरी , साम्मि , जिब्रेढुङ्गा, सुरताने , डाडा गाम , वनपाले, बरविरता हुदै सेती नदि र सुरौदी खोलाको विचमा पोखरा ३३ भरतपोखरी स्थित श्री शान्ति उदय मा.वि , महारुद्र मन्दिर सम्म पुगेर सम्पन्न भएको थियो । साइकल सिटी पोखराको संयोजनमा ३९ जनाको साइकल यात्रीको टोलीलाई पोखरा ३३ का स्थानिय आमा समुह , युवा क्लब, स्काउट लगाएत विधालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यार्थीहरुले फूल, मालाले भव्य स्वागत गर्दै खाना र विभिन्न सास्कृतिक नृत्यले मनोरञ्जन गराए । कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन आयोजक सिता एण्ड सन्सले स्लो साइकल रेस र स्थानियका लागि घैटो फुटाउने प्रतियोगिता गराएर विभिन्न पुरस्कारको पनि व्यवस्था गराएको थियो ।

वैशाख २२ गते पोखरा ७ मासबार स्थित श्री कृष्ण मा.विमा हुने चित्रकला प्रतियोगितामा हरेक विद्यालयबाट कक्षा १० सम्मका १ जना र कक्षा ११÷१२ बाट १ जना गरि २ जना सहभागी हुन सक्ने आयोजक सिता एण्ड सन्सका संचालक रविश्वर आचार्यले जानकारी दिए । चत्रकला प्रतियोगिताको संयोजन सृजनशिल कलाकार समुहले गर्नेछ ।