२०८१ बैशाख ८ , शनिवार

ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

IPO

सुनाखरी न्युज/ काठमाडौं। ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई खुला गरेको आईपीओमा आज (वैशाख १७ गते) सम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले वैशाख १३ गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।

 

कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ६८ हजार ६३९ कित्ता आईपीओ निष्कासन गरेको छ ।काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई खुला गरेको आईपीओमा आज (वैशाख १७ गते) सम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले वैशाख १३ गतेदेखि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ६८ हजार ६३९ कित्ता आईपीओ निष्कासन गरेको छ । शनिबारसम्म कम्पनीको आईपीओमा मागभन्दा ८.६४ गुणा बढी आवेदन परेको छ ।

 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ९ लाख ९४ हजार ६२४ जनाले एक करोड ९ करोड ६४ लाख ६४ हजार ७५० कित्ता आईपीओका लागि आवेदन परेको छ । कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।आईपीओ निष्कासनका लागि कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम भएको ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ प्रदान गरेको छ ।