२०८१ बैशाख २४ , सोमवार

बढ्यो सुनचाँदीको भाउ

सुनाखरी न्युज/ काठमाडौं । आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तेजावी सुनको भाउ पनि आज तोलामा १ सय रुपैयाँले बढेर तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ६ सय २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।