२०८१ बैशाख ६ , बिहिवार

सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ : रवि लामिछाने

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजै सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने बताएका छन् ।

 

बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवनबाट विजयी प्राप्त गर्दै उनले पत्रकारहरुसँग सरकारलाई दिएको समर्थन राखिराख्नु पर्ने कुनै कारण नभएको बताएका थिए । त्यसको केही दिनपछि आज सिंहदरबारमा सांसद पदको शपथ लिएलगतै उनले सरकारलाई दिएको समर्थन आजै फिर्ता हुनसक्ने बताएका हुन् ।

 

सभापति लामिछानेले सरकारमा जाने कुरामा सोच तथा त्यस्तो वातावरण पनि नभएकाले समर्थन पनि फिर्ता लिनसक्ने बताएका हुन् ।सो विषयमा पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकमा बसेर केही निर्णय लिने लामिछानेको भनाइ छ । यद्यपि आफ्नो पार्टी भने अस्थिरताको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।