२०८१ बैशाख ८ , शनिवार

साउथवेस्टर्न बिजनेश कलेज द्धारा द्धारा आयोजित स्वागत र बिदाई कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं ।

साउथवेस्टर्न बिजनेश कलेजले बसुन्धरा चौकी स्थित बसुन्धरा बैक्वेटमा आफ्ना नयाँ विद्यार्थीहरूहरुलाई स्वागत अनि पास आउट भएका विद्यार्थीहरूहरुलाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ।

पुर्वाञ्चल बिश्वबिद्यालय उपकुलपति डा. यादव राज कोइराला प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा उतकृष्ट हुने विद्यार्थीहरू र कलेजका कर्मचारीहरुलाई बिभिन्न खाले पुरस्कार र सम्मान पत्र बितरण गरिएको थियो।

कार्यक्रममा डा. बिष्णु पाण्डे बिशेष अतिथि रहनु भएको उक्त कार्यक्रम डा. कृष्णा बहादुर कार्कीको सभापतित्वमा समपन्न भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति कोइरालाले भन्नु भयो साउथवेस्टर्न बिजनेश कलेजले यस्ता खालका कार्यक्रम गरेर विद्यार्थीहरुको मनोबल बढाउने काम गरेकोमा सबैलाई धन्यबाद दिनुभयो।

कार्यक्रमको बारेमा जानकारी दिदै कोर्डीनेटर नानी मैया डंगोलले भन्नुभयो, यो बर्ष हामीले STUDENT OF THE YEAR को रुपमा सुष्मा लामा र आयुष खरेल तथा TEACHER OF THE YEAR रुपमा सजनी नेपाललाई सम्मान र मायाको चिनो प्रदान गरिएको र आगामी बर्षहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो।