२०८१ बैशाख १४ , शुक्रवार

गण्डकीमा दुई महिला मन्त्रीले लिए शपथ

सुनाखरी न्युज/ काठमाडौं । गण्डकी सरकारमा पहिलोपटक दुई महिला एकैपटक मन्त्री शपथ लिएका छन् । माओवादीबाट सुशीला सिम्खडा र कांग्रेसबाट सरस्वती अर्याल तिवारी आजै मन्त्री नियुक्त भएर शपथ समेत लिएका हुन् ।

 

दुई मन्त्रीको नियुक्ती र पद तथा गोपनियताको शपथ अघि गण्डकीका नवनिर्वाचित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका थिए । प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई शपथ खुवाएका हुन् ।