२०८१ बैशाख १३ , बिहिवार

सामुदायिक विद्यालयलाई ‘टाई’ अनिवार्य नगर्न काठमाडौं महानगरको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीलाई ‘टाई’ अनिवार्य नगर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले बिहीबार सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै कुनै पनि कक्षामा ‘टाई’ अनिवार्य नगर्न निर्देशन दिएको हो ।

 

‘टाई’ अनिवार्य नगर्न महानगरपालिको शिक्षा समितिले गत चैत्र २८ गते निर्णय गरेको र सोही निर्णयबमोजिम सामुदायिक विद्यालयहरूलाई बिहीबार परिपत्र गरेको शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए ।

May be an image of text