२०८१ बैशाख ११ , मंगलबार

राजनीतिबाट सन्यास लिँदै माधव नेपाल

सुनाखरी न्युज/ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको अबको महाधिवेशनमार्फत राजानीतिबाट लिनसक्ने बताएका छन् ।

 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आज धनुषामा पत्रकारहरुसँग बोल्दै अब युवाहरुलाई अवसर दिनुपर्ने समय आएको भन्दै उनले आगामी पार्टीको आगामी महाधिवेशनाट सन्यास लिन सक्ने संकेत गरेका हुन् । ‘पार्टीको अब हुने अधिवेशनबाट म पनि सन्न्यास लिने सोच्दै छु’, उनले पत्रकारहरुसँग भने । त्यस्तैगरी उनले अब राजनीतिमा युवाहरुलाई अवसर दिनु पर्ने भन्दै अन्य ७० वर्ष कटेका नेताहरुलाई पनि राजनीतिबाट सन्यास लिन पार्टीको तर्फबाट आग्रह गरे ।

 

देश विकासका लागि राजनीतिक पुस्तान्तरण पनि आवश्यक भएकाले अब सन्यासको बाटोमा लाग्ने उनको भनाइ छ । उनले उपनिर्वाचनबाट पनि पाठ सिक्नु पर्ने भन्दै पछिल्लो निर्वाचनले ठूला दलहरुलाई शुभ संकेत नगरेको उनको बुझाइ छ । अब ठूला दलहरु नसच्चिए नयाँ दलहरुलाई सहज हुने अध्यक्ष नेपालको दावी छ ।