२०८१ बैशाख ८ , शनिवार

महावीर पुनको नेतृत्वमा माइतीघरमा धर्ना

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन तथा धर्ना कार्यक्रम सुरु भएको छ ।

 

माइतीघर मण्डला स्थित बानेश्वर जाने सर्भिशलेनलाई बन्द गरेर धर्ना कार्यक्रम भइरहेको छ।

 

हाम्रा माग पूरा नभएसम्म हामीहरू निरन्तर धर्नामा बस्नेछौँ, हाम्रो धर्ना राति पनि जारी रहनेछ, महावीर पुनले भनेका छन्।