२०८१ बैशाख १४ , शुक्रवार

सानिमा बैंकद्वारा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गतरु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ ।

 

यस बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशाकुमारी लाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको छ । सानिमा बैंकका मधेश प्रदेश प्रमुख दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गर्नु भयो। स्वर्गीय उदयकुमार साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोल्नु भएको थियो ।

 

सानिमा बैंकले दिर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाख सम्मको ६ जटिल रोगको उपचार बीमा, रु. १० हजार सम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजार सम्मको औषधी उपचार बीमा, रु. २५ हजारको आवधिक जीवन बीमा र रु.५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा१३० वटा कार्यालय तथा१२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।