२०८० चैत्र १५ , बिहिवार

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको परीक्षण उडान

सुनाखरी न्युज/ काठमाडौं । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको नाइन एन एबिटी कल साइन रहेको ट्‍वीनअटरले परीक्षण उडान गरेको छ ।

 

रेसुङ्गा विमानस्थलमा नियमित उडान गर्नका लागि निगमद्वारा आज बिहान ७ बजेर ४५ मिनेटमा परिक्षण उडान गरेको हो । रेसुङ्गा विमानस्थल सबै हिसावले ठिक रहेको सफल परीक्षण उडान भएको नेपाल वायुसेवा निगमका क्याप्टेन मनिस श्रेष्ठ बताउनुभयो । अब परिक्षण उडानको रिर्पोट निगमलाई बुझाएपछि नियमित उडानको परिक्रिया अगाडी बढने श्रेष्ठ बताउनुभयो । काठमाडौंबाट रेसुङ्गा विमानस्थ्ल सम्मको दुरी ५० मिनेटको रहेको क्याप्टेन श्रेष्ठले बताउनुभयो । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ ।

 

जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटो हुँदै विमानस्थल पुग्न सकिन्छ । नगरपालिकाले गरेको सम्झौताअनुसार अब नियमित उडान गर्ने रेसुङ्गा ननगरपालिका नगरप्रमख खिलध्वज पन्थीले बताउनुभयो । रेसुङ्गा विमानस्थलबाट काठमाडौंसम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ५ सय भित्रै हुनसक्ने पन्थीले बताउनुभयो । विमानस्थलमना गत पुस महिनाको २४ मा तारा एयरको १८ सिट क्षमताको जहाजले सफल प्रर्दशन उडान गरेको थियो ।

 

विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको जहाजले धुले उडान गरेको थियो । प्रर्दशन उडानपछि गुल्मेलीहरु नियमित उडान हुन्छ भन्ने आशा जगाएको थियो । तर महिनौ वित्दा समेत नियमित उडान हुन नसक्नुले विमानस्थल टिकटक बनाउने थलोको रुपमा परिणत हुन थालेको थियो । रेसुङ्गा नगरपालिका र नेपाल वायुसेवा निगमसँग नियमित उडान गर्ने बारे गत फागुनमा सम्झौता भएको थियो ।

नेपाल वायुसेवा निगमद्वारा हप्तामा १ दिन उडान गगर्ने सहमती भएको थियो । ०६३ सालमा रेसुङ्गा विमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदिप ज्ञवालीले गरेका थिए । तर ०६३ सालमा शिलान्यास भएपनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो । रेसुङ्गा विमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ ।

१ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो । विमानस्थलमा हालसम्म निर्माणमा ३५ करोड खर्च भईसकेको छ । रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरि १४ घर बस्ति बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि गरिएको छ । विमानस्थल नियमित सञ्चालन भए गुल्मेली र छिमेकी जिल्लाहरुका नागरिकहरु सिद्धबाबाको जोखिमपूर्ण अबस्था यात्रा गर्नुपर्ने बाध्यता अत्य हुने स्थनीयको अपेक्षा रहेको छ । विमानस्थल सञ्चालनमा आएसँगै गुल्मी जिल्लासंगै जोडिएका जिल्लाहरु अर्घाखाँची, प्यूठान, बाग्लुंग, पाल्पा र स्याङजा जिल्लासम्मका नागरिकले सेवा लिन सक्नेछन् ।