२०८१ बैशाख १३ , बिहिवार

सन्दीपको अलराउन्ड प्रदर्शनमा नेपालको शानदार जीत

सुनाखरी न्युज/ काठमाडौं । सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ ।

 

सन्दीपले पाँच विकेट लिएपछि कतार ८९ रनमा अलआउट हुन पुगेको हो । जीतसँगै नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

 

तर, कतारले २५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो । सन्दीपले ९.१ ओभर बलिङ गर्दै मात्र १४ रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए ।