२०८१ बैशाख १४ , शुक्रवार

काठमाडौ महानगरपालिकाले लगायो बालाजुको कोत: धुकु पेट्रोल पम्पमा सिल

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा सिल गरेको छ । महानगरको नगर प्रहरीले आज बालाजुमा रहेको कोत: धुकु पेट्रोल पम्प सिल गरेको हो ।

मापदण्ड विपरित घरकाे सटरमा पेट्रोल पम्प सञ्चालन गरेकाे भन्दै महानगरले पेट्रोल पम्पमा सिल गरेकाे छ । उक्त पेट्रोल पम्प घरकाे सडकपेटीमा सञ्चालन भइरहेकाे थियाे । जसकाे कारण पेट्रोल भर्नेहरुकाे लाइनले सडक जाम हुने गरेकाे थियाे ।

 

अदालतको स्टे अर्डर हुँदा हुदै पनि महानगरले पेट्रोल पम्पमा सिल गरेको पम्पका सञ्चालकले आरोप लगाए ।

https://fb.watch/k9XGrJI9h7/