२०८१ बैशाख १३ , बिहिवार

कतारविरुद्ध नेपाल १५७ रनमा अलआउट, सन्दीपले जोडे सर्वाधिक रन

सुनाखरी न्युज / काठमाडौं –  एसिसी प्रिमियर कपअन्तर्गत नेपाल समूह चरणको आफ्नो अन्तिम खेलमा कतारविरुद्ध अलआउट भएको छ ।टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०।३ ओभरमा १५७ रन बनाउँदै अलआउट भएको हो । नेपालका लागि कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

 

नेपालका लागि सर्वाधिक रन सन्दिप लामिछानेले बनाएका छन् । उनी अविजित रहँदै ४२ रन बनाएका छन् ।नेपालले खराब सुरुवात गरेको थियो । नेपालले पहिलो ९ रन बनाउँदा दुई विकेट गुमाएको थियो । नेपालका ओपनर कुशल भुर्तेल दुई तथा भिम सार्की ६ रन बनाउँदै आउट भएका थिए ।त्यस्तै रोहित पौडेलले २७ रन बनाउँदा आशिफ शेख १९, दिपेन्द्र सिंह ऐरीले १२ रनको योगदान गरे । सोमपाल कामी र आरिफ शेखले समान ११ रनको योगदान गरे । नेपालका पाँच खेलाडीले दोहोरो अंकको रन बनाउन असफल रहे ।

 

कुशल मल्ल तीन, गुल्शन झा सात रन र ललित राजवंशी एक रन बनाउँदै आउट भएका थिए ।नेपालले कतारविरुद्ध जारी प्रतियोगिताको अहिलेसम्म कै खराब ब्याटिङ गरेको छ । कतारका लागि आमिर फारुकले सर्वाधिक चार विकेट लिँदा ववाइस अहमदले तीन र गयान मुनाविराले दुई र इक्रामुल्लाह खानले एक विकेट लिए ।यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि साउदी अरबसँग अ‌क बाँडेपछि एक खेल अगावै नेपाल सेमीफाइनलमा पुगेको थियो ।नेपाल रहेको समूह एबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाइसकेको हो ।आज नेपाल कतारलाई जित्दै शीर्ष स्थानका साथ सेमिफाइनल पुग्ने लक्ष्यमा रहने छ । उता कतार भने पहिलो जित निकाल्दै प्रतियोगिताबाट बिदा हुन चाहन्छ ।