२०८१ बैशाख १४ , शुक्रवार

भाटभटेनी सुपर मार्केटको नक्कली भ्याट बिल मुद्दा आज सुनुवाइ हुँदै

सुनाखरी न्युज / काठमाडौं – नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी सुपर मार्केट एण्ड डिमार्टमेन्टल स्टोरको दोस्रो निवेदनमाथि बिहीबार सुनुवाइ हुँदैछ। पूर्ण इजलासले यसअघि संयुक्त इजलासबाट भाटभटेनीलाई दोषी ठहर गर्ने निर्णय बदर गर्ने कि सदर भन्नेबारे निर्णय सुनाउनेछ।

 

पूर्णले यसअघिको आदेश सदर गरेमा नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले राजश्व ठगी गरेको ठहर हुनेछ भने बदर गरेमा उसले सफाइ पाउनेछ। २०७६ पुस २६ गते नक्कली भ्याट बिल प्रकरणमा लगातार पाँच वर्षसम्म सुनुवाइ गर्दै भाटभटेनीलाई दोषी ठहर गरिएको थियो।

 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले अन्तिम फैसला सुनाउँदै पाँच कम्पनीलाई दोषी ठहर गरेको थियो। न्यायाधीशहरु प्रकाशमानसिंह राउत, टंकबहादुर मोक्तान र नहकुल सुवेदीको इजलासले सुनवाइ गर्दैछ।