२०८० चैत्र १६ , शुक्रवार

भोलिबाट कुमारी बैंकको साढे २९ लाख बढी कित्ता सेयर बिक्रीमा राखिने

सुनाखरी न्युज/ काठमाडौं । कुमारी बैंक (साविक एनसीसी बैंक)को साढे २९ लाख बढी कित्ता सेयर भोलि वैशाख १५ गते बिक्रीमा राखिने भएको छ।

 

बैंकले संस्थापक समूहको २९ लाख ६५ हजार ४२० कित्ता सेयर बिक्रीमा राख्ने भएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य सर्वसाधारण तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजारको गुणनमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ११९ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र काठमाण्डौको कमलपोखरीस्थि सनराइज क्यापिटलमा पेस गर्नुपर्ने। बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ २ गते दिउँसो ३ बजेसम्म तोकिएको छ।