२०८१ बैशाख ८ , शनिवार

कृषि क्याम्पसमा पार्क सिलान्यास

सुनाखरी न्युज/ हेमजा । पोखरा महानगरपालिका वडा न. १९ पुरून्चौरमा स्थित कृषि क्याम्पसमा पार्क निर्माणका लागि शिलान्यास गरिएको छ । पार्क निर्माण योजना समितिले बुधबार एक कार्यक्रमको आयोजना गरि शिलान्यास गरिएको हो ।

पार्क निर्माणका लागि पोखरा महानगरपालिकावाट २५ लाख सम्झौता भएको थियो । उक्त आयोजना चालू आर्थिक बर्षमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । उक्त आयोजनाको सिलान्यास जग्गा दाता डा गुणनिधि पौडेलले गर्नुभयो । पार्कको निर्माण कार्य यही अषाढ १५ भित्र सम्पन्न गर्ने गरी प्राकृतिक स्रोत व्यवस्थापन कलेज कृषि क्याम्पसमा निर्माण गर्न लागिएको छ । बि. स . २०६९ मा स्थानीयवासीले कृषि क्याम्पस स्थापनार्थ लगाएको माहायज्ञमा भूमि तथा चन्दा दाताहरु को नामावली सहितको सिलाखेल राखी पार्क निर्माण गर्न लागिएको हो ।

 

डा गुणनिधि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा न. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे, कृषि क्याम्पस तदर्थ समितिका अध्यक्ष हेमप्रसाद गौतम र पार्कका डिजाइन इन्जिनियर झपट बहादुर थापा बोल्नु भएको थियो । निर्माण समितिका अध्यक्ष दिपक पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नेत्रनाथ अधिकारीले र सञ्चालन सचिव भरतराज काफ्लेले गर्नु भएको थियो ।