२०८१ बैशाख ७ , शुक्रवार

नागरिक एपबाट कहाँ गयो ड्राइभिङ लाइसेन्स ?

सुनाखरी न्युज/ काठमाडौं । नागरिक एपबाट ड्राइभिङ लाइसेन्सको अप्सन हटेको छ । यातायात व्यवस्था विभागको सम्पूर्ण डेटा राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिंहदरबारस्थित एकीकृत डेटा सेन्टरबाट विभागको कार्यालयमै रहेको डेटा सेन्टरमा सार्ने काम भइरहँदा नागरिक एपमा भएको ड्राइभिङ लाइसेन्सको विवरण नदेखिएको हाे ।

 

विभागको डेटा सेन्टरबाट भीपीएनमार्फत नागरिक एपको सर्भरमा लाइसेन्सको डेटा लिङ्क गर्ने प्रयास भइरहेको र यो काम सकिनै बित्तिकै लाइसेन्सको विवरणसहितको सेवा पुन: सञ्चालनमा आउने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।

 

यदि तपाईँले पहिले नै आफ्नो लाइसेन्स लिङ्क गर्नुभएको छ भने एप अन्तर्गतको डकुमेन्ट अप्सनभित्रको ‘माई लिङ्क्ड डकुमेन्ट’ को सूचीमा भने भेटिन्छ ।