२०८१ जेठ ७ , सोमवार

एनएमबि बैंकका ग्राहकलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभको खरिदमा छुट

सुनाखरी न्युज/ काठमाडौं । एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरूलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ (हिम इलेक्ट्रोनिक्स) सँग साझेदारी गरेको छ ।

 

ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३% सम्म छुट र ईएनएमबि मोबाइल एप मार्फत भुक्तानी गर्दा थप रु १,५०० सम्म छुट पाउनेछन् ।

 

 

यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबि स्मार्ट नारी बचत खाता हुनुपर्छ । यो अफर सीमित अवधिको लागि मान्य छ ।