२०८१ बैशाख १४ , शुक्रवार

मुखमा घाउ आएको छ ? यस्ता छन् आयुर्वेदिक उपायहरु

सुनाखरी न्युज / काठमाडौं  – कहिले काहिँ मुखमा जिब्रोमा घाउ आए निकै नै सास्ती भोग्नु पर्दछ । प्रायः मानिसहरू मुखमा घाउ खटिराहरु आएको हुन्छ । अक्सर धेरै मानिसहरू यो समस्याबाट गुज्रिएको नै हुन्छ । सामान्यतया यो कसैलाई तातो चिजले पोलेर घाउ हुनसक्छ भने कसैलाई खानाको एलर्जी या कसैलाई वंशाणुगत कारणले घाउ हुन सक्छ । यसका साथै कहिलेकाहीँ शरीरमा भिटामिन बीको कमी, फलामको कमी, खानामा संक्रमण र बिफर जस्ता रोगका कारण पनि हुन्छ ।

 

मुखको घाउलाई नियन्त्रण गर्ने केही आयुर्वेदिक उपायहरूका बारेमा जानौं –

– ताजा गाईको दूध पिउनुहोस् । मुखमा घाउ खटिरा आउँदा गाईको काँचो दूध पिउनाले धेरै फाइदा हुन्छ । वास्तवमा गाईको ताजा दूधमा एन्टी    माइक्रोबियल गुण हुन्छ । यसले संक्रमण कम हुने विश्वास गरिएको छ ।

– मुखमा भएको घाउलाई निको पार्न टि ट्री आयलको प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि यो तेलको केही थोपा घाउ भएको ठाउँमा लगाउनुहोस् ।

 

– कैयौंपटक पेटको गर्मीका कारण पनि मुखमा घाउहरू आउँछन्। यस्तोमा गुलाफको फूलबाट बनाइएको ‘गुलकन्द’ को पानी पिउन सक्नुहुन्छ । यसले पेटको गर्मी र जलनलाई शान्त पारी मुखमा आएको घाउ ठीक गर्छ।

– मुखमा घाउ आउँदा ताजा एलोभेरा जेलको प्रयोग गर्न पनि सकिन्छ । त्यसका लागि घाउ भएको ठाउँमा ताजा एलोबेरा जेल लगाउने गर्नुपर्छ।

– मुखमा घाउ आउँदा तपाईं सफा तुलसीको पातहरू चपाउन सक्नुहुन्छ तुलसीमा पनि एन्टीब्याक्टेरियल गुण हुन्छ, जसले मुखको घाउ तथा किटाणु मार्ने काम गर्छ ।