२०८१ बैशाख ७ , शुक्रवार

रिलायबल लाइफ इन्स्योरेन्सको पर्सा शाखा कार्यालय संचालनमा

सुनाखरी न्युज/ काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको स्थानान्तरित पर्सा शाखा कार्यालय संचालनमा आएको छ । कम्पनीको पर्सा शाखा वैशाख ११ गते सोमबार खैरहनी–८ पर्सामा (नेपाल इन्भेष्टमेन्ट मेगा बैंक संगैको भवन) स्थानान्तरण गरिएको हो ।

 

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पर्सा भण्डारा शाखा कार्यालयको उद्घाटन चितवन रिजनल प्रमुख राजेन्द्र पोैडेलबाट भएको हो । उद्घाटन कार्यक्रममा पर्सा भण्डारा शाखाका प्रमुख कुल राज शर्मा, हाकिमचोक शाखा प्रमुख राज कुमार दाहाल लगायत एमडिआरटि, सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, नयाँ अभिकर्ताहरु तथा अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

सो कार्यक्रममा एजेन्सी म्यानेजरहरु तथा एमडिआरटि बिजेता हुनेहरुलाई सम्मान गरिएको थियो । सन् २०२३ की एमडिआरटि बिजेता छायाँ सुवेदी पोैडेललाई कम्पनीबाट आइफोन पुरस्कार पनि बितरण गरिएको थियो । कार्यक्रममा सहभागीे सम्पुर्णलाई धन्यवाद दिदै कुनै कारणवश अनुपस्थित हुने सम्पुर्णलाई नयाँ कार्यालयमा स्वागत गर्न शाखा आतुर रहेको शाखा प्रमुख कुल राज शर्माले बताए ।