२०८१ बैशाख ८ , शनिवार

शरीरका भित्री भाग नाइटोबाट बाहिर निस्किएकी शिशुको सफल शल्यक्रिया

सुनाखरी न्युज / काठमाडौं — पेटभित्रका अंग शरीर बाहिर निस्किएको अवस्थामा जन्मिएकी एक शिशुको लमजुङ अस्पतालले सफल शल्यक्रिया गरेको छ । एकजना ३० वर्षीया महिलाले ५ औं सन्तानको रुपमा जन्माएकी ती शिशुको अवस्था असाधारण थियो । अस्पतालका अनुसार यो बिल्कुलै नौलो केस हो । शल्यक्रियामा संलग्न जनरल सर्जन डा। सुलभराज भण्डारीका अनुसार एक महिला सुत्केरी हुने क्रममा आन्द्राभुँडी, कलेजोलगायत शरीरका भित्री भाग नाइटोबाट बाहिर निस्किएको र झिल्लीले मात्रै छोपेको अवस्थामा शिशु जन्मिएको थियो ।

 

उनका अनुसार नवजात शिशुमा जन्मजात देखिने यो रोगलाई ‘अम्फलसिल’ भनिन्छ । ‘शरीरको भित्री भाग नाइटोबाट बाहिर निस्कएको र एउटा झिल्लिले छोपेको अवस्थामा बच्ची जन्मियो । सुत्केरी नर्मल भएको हो । बुझिनेगरी भन्दा बाहिर निस्किएको भागलाई सबै भित्र राखेर छालालाई सिलाएका छौं,’ उनले भने ।

 

आइतबार दिउँसो २ बजेतिर जन्मिएकी शिशुको ३ बजेतिर शल्यक्रिया गरिएको हो । ‘यो असाधारण शल्यक्रिया हो । हिजोसम्म के हुन्छ थाहा थिएन । आज ९मंगलबार० देखि बच्चीले आमाको दूध चुस्न सुरु गरेको छ,’ उनले भने । उनका अनुसार शिशु पूर्णरुपमा नर्मल अवस्थामा आइसकेकी छैनन । उनी खतरामुक्त भइसकेकी छैनन ।

 

शिशु जन्मिँदा ३ किलोग्रामकी थिइन् । आमाको स्वास्थ्य अवस्था सामान्य छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यका अनुसार शिशुलाई स्पेशल न्युन्याटल केयर युनिट एसएनसीयूमा राखेर उपचार जारी छ । ‘यस्तो केस यदाकदा सुनिए पनि हामीले पहिलोपटक भोगेका छौं ।