२०८० चैत्र १५ , बिहिवार

कोरोना संक्रमितको संख्या बढ्दै, बुस्टर डोज लगाउन आग्रह

Corona

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा कोरोना संक्रमणको चिन्ता बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

 

मन्त्रालयका अनुसार १ हजार ५९१ नमुनामध्ये १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी उक्त संख्यामा संक्रमण पृष्टि भएको हो ।

 

देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ । आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत भइरहेको छ । मन्त्रालयले संक्रमण बढेसँगै बुस्टर डोज लगाउन आग्रह गरेको छ ।